Sajhamanch Archive

जन्ती लिएर आएका योगीले यस्तो लेखे आगन्तुक पुस्तिकामा

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली जनताको सुख र समृद्धिको कामना गरेका छन् ।

राम–जानकी विवाह महोत्सवका क्रममा भारतबाट जन्तीको नेतृत्व गरेर बुधबार बिहान जनकपुर आएका उनले जानकी मन्दिरको आगन्तुक पुस्तिकामा यस्तो कामना गरेका हुन् । योगीले हिन्दीमा लेखेको सन्देशको भावानुवाद–

 

‘‘विवाह पञ्चमीको पावन अवसरमा जनकपुरधाममा पूजाअर्चना गर्न र विदेहराज महाराज जनकको भूमिमा यात्राको अवसर प्राप्त भएकोमा आफूलाई धन्य मान्दछु ।

भगवान श्रीराम र माता सीताजीको जीवन हाम्रा दुवै देशको धर्म, संस्कृति र सभ्यताका अभिन्न अंग हुन् । उहाँहरुले जुन आदर्श र मूल्यको पालन गर्नुभयो, त्यो सार्वभौम छ र हामी प्रत्येकलाई त्यसले प्रेरणा प्रदान गर्दछ ।

मेरो साथमा आएको प्रतिनिधिमण्डललाई भव्य स्वागत गर्नुभएकोमा म नेपाल सरकार र जनकपुरका जनतालाई धन्यवाद दिन चाहन्छु । म भारत सरकार र जनताको तर्फबाट नेपालका जनतालाई  सुख तथा समृद्धिका  शुभकामना दिन चाहन्छु ।’’

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *