Sajhamanch Archive

ए डिभिजन लिगः सरस्वतीले एनआरटीलाई हरायो

Published: (Updated: ) in खेलकुद by .

काठमाडाैं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबले एनआरटीविरुद्ध एक शून्यको जित निकाल्न सफल भएकाे छ ।

सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा सरस्वती एनआरटी माथि हावी भएपछि गोल गर्न भने निकै समय लगायो । खेलको नौ मिनेटमा नै सरस्वतीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २५ औंं मिनेटमा सरस्वतीका स्ट्राइकर ओलुसुला इब्राहिमको प्रहारलाई एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा फेरि सरस्वतीको प्रहारलाई एनआरटीले मुस्किलले बचायो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सरस्वतीले दोस्रो हाफको सुरुमा नै अर्को प्रयास गरेको थियो । तर गोलकिपर अजित नै बाधा बने ।

७२ औंं मिनेटमा सरस्वतीले पेनाल्टीको अवसर पायो । डिबक्समा सरस्वतीका खेलाडीले हातले बल छोएपछि पाएको पेनाल्टीलाई भिक्टरले गोलमा परिणत गरे ।

एक गोलले अगाडि रहेको सरस्वतीले ८० औंं मिनेटमा अर्को अवसर पाए पनि भिक्टर नै चुक्न पुगे । ८४ औं मिनेटमा एनआरटी १० खेलाडीमा झर्यो । उसका विदेशी खेलाडी फ्रान्सिस दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसको फाइदा सरस्वतीले लिन सकेन र भिक्टरको एकमात्र गोल निर्णायक बन्यो ।

जितसँगै सरस्वतीले आठ खेलबाट नौ अंक बनाएको छ  । उसले अहिलेसम्म आठ खेलमा तीन जित र पाँच हार ब्यहोरेको छ । यता एनआरटीको यो सातौं हार हो । उसको अंक तालिकामा अहिलेसम्म मात्र एक अंक छ ।

उज्यालो 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *