Sajhamanch Archive

नेपाली हिरोइन, जसले मिडियामा ल्याउँछन् ब्वाईफ्रेन्ड !

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । मनोरञ्जन उद्योग र मिडियाको सम्बन्ध भनेको एक हिसाबले पतिपत्नीको जस्तै हो । कहिले झगडा, कहिले प्रेम । जब फिल्मी दुनियाँका पात्र उत्पादनलाई प्रमोट गर्न चहान्छन् भने मिडियामा नआई सुखै छैन । तर, तिनैको व्यक्तिगत जीवनका अनेक पाटाका विषयमा समाचार आएपछि झगडा गर्छन् । अन्ततः उतारचढावको सम्बन्धमा गतिशील बन्नुको विकल्प हुँदैन ।

त्यस्तै, यहि उद्योगमा रमाउने केही अभिनेत्रीहरूको निजी विषयले मिडियाबजारमा चर्चा पाएको सन्दर्भ जोडी हेरौं । यसै पनि हजारौं फ्यानसहित आलोचक कमाएका अभिनेत्रीहरूको व्यक्तिगत पाटो, प्रेमीका विषयमा चर्चा गरौं ।

अहिले फिल्मी नगरीमा चलेको चर्चा पाएका अभिनेत्रीहरू जसका प्रेमी कतिपय ठाउँमा पर्दामा उतारिए, कतिपय ठाउँमा क्यामेरामा त कतिपय ठाउँमा गसिपमा आए । तिनको चर्चा गरौं ।

यसै पनि ग्ल्यामर बजारमा यस्तो चर्चा सामान्य भइसकेको छ ।

अभिनेत्री बर्षा राउत अहिले फिल्ममा माग बढेका मध्ये एकमा पर्छिन् । उनको प्रेमीको चर्चा पनि हुने गरेको छ । चर्चा मात्र होइन, उनी प्रेमीसँग छक्का पञ्जा ३ को गीतमा कम्मर मर्काउन पनि पछि परिनन् । बर्षाका प्रेमी संजोग कोइराला गीतमा देखिएका थिए । बर्षा खुलेरै संजोगका बारेमा बताउने गर्छिन् ।

लगभग बिहेको पनि तयारी भएको बताइन्छ । तर, उनले कतिपय अन्तरवार्ताहरूमा केही समयपछि बिहे गर्ने तयारी भएको बताउँदै आएकी छन् । उनले प्रेमीलाई मिडियामा ल्याएकी हुन् या मिडियाले बजारमा पुराएको त्यो चर्चाको फरक विषय बन्न सक्ला । अब हाक्काहाकी प्रेम सम्बन्धका बारेमा खुल्नु नयाँ कुरा होइन यो जोडीका लागि ।

अभिनेत्रीहरूलाई थाहा छ, मिडिया कमजोर छैन । सोसियल मिडियामा पनि उनीहरूले आफ्ना प्रेमीसँग गरेका हर्कत बाहिर ल्याउने गरेका छन् । जसलाई व्यावसायीक मिडियाले कैद गर्न कुनै आपत्ति छैन ।

केही दिनअघि नम्रता श्रेष्ठले प्रेमी दावा शेर्पालाई मिडियामा ल्याइन् । उनीहरू जमेर कुरा गरे । व्यावसायी शेर्पा हिमाल आरोही पनि हुन् । मिडियाकै अगाडी उभिएर नम्रताले भनेकी थिइन्,‘मेरा निजी जीवन म मिडियामा ल्याउन चहान्न ।’ तर दावा फेरि पनि मिडिया अगाडी बोलिरहेका थिए । त्यतिमात्र होइन, नम्रताका नम्रपन पनि खोलिरहेका थिए ।

केही फिल्म पण्डितहरू अभिनेत्रीले ब्वाइफ्रेन्डलाई बजारीकरण गर्नुको गज्जबको तर्क पनि गर्छन् । फिल्मीनगरी यौनकाण्ड, कास्टिङ काउच या अनेक विषयमा विवादमा आइरहने भएकाले अभिनेत्रीहरू त्यसबाट जोगिन पनि चहान्छन् । कतिपय निर्माता, निर्देशकको ‘यौनिक नजर’बाट बच्नका लागि पनि आफ्ना ब्वाइफ्रेन्डलाई सार्वजनिक गर्छन् । कतिपय भने रंगिन दुनियाँमा मिडियाको गसिपको पात्र बन्नका लागि ब्वाइफ्रेन्ड देखाउनेमात्र होइन, फेरेको चर्चा पनि चुल्याउँछन् ।

अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाह प्रेमी दिवांश राणासँग क्यामेरामा कैद भइन् । उनी लुकेर हिँडेजस्तो गरेकी थिइन् । तर मारुनीको घोषणाका बेला आमाकै अगाडी हुनेवाला ज्वाँई लिएर आउन उनलाई हिचकिचाहट भएन, मिडियाका अगाडी किन हुन्थ्यो ? तैपनि लुकेजस्तो गरिन् ।

तर सामाजिक सञ्जालमा भने केही समयअघि आफ्नै जन्मदिन मनाउँदाको वाइनपार्टीको किस भिडियो भाइरल भएको उनलाई पनि जानकारी छ । अझ ब्वाइफ्रेन्डकै विषयमा भने उनी हेरफेर गर्नेमा अब्बल पनि मानिन्छिन् । केही महिनाअघिसम्म उनको अर्कैसँगको चक्कर र मनमुटावले पनि मिडिया तताएको थियो ।

‘ग्यांगस्टार ब्लुज’ फ्लप भएपछि गुमनाम रहेकी आना शर्माको निजी जीवन गुमनाम छैन । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनको प्रेमीसँगको रसरङका तस्बिर आफैं पोस्ट हान्छिन् । जसका कारण फिल्म नगरीमा उनको चर्चा कम भए पनि मिडियामा चलि नै रहन्छ । यति एयरलाइन्सका मालिकका छोरा सोनाम छिरिङ शेर्पासँगको अन्तरङ्ग तस्बिर उनले इन्स्टाग्राममा राखेपछि उनको सम्बन्ध छताछुल्ल भयो ।

अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाबीचको सम्बन्धलाई उनीहरूले जतिसुकै गोप्य राखे पनि फिल्म बजारका हरेकलाई थाहा छ, यो जोडी प्रेमी हो । यो हल्ला आजको मात्र होइन, धेरै अघिदेखिको हो । यसलाई चिर्न कहिलेकाहीँ फरक ब्यानरमा फिल्म बनाउने दुवैको चालबाजी कसले पो अनुमान गरेका छैनन् र ? तर, जन्मदिन होस् वा विशेष कार्यक्रममा पहिलो पटक केकको जुठो पूजाले सुदर्शनलाई, सुदर्शनले पूजालाई नखुवाएको होला र ?

शिल्पा पोखरेल छविराज ओझालाई ‘छवि बा !’ भन्छिन् । छविले बिहेको कुरा गर्दा नकार्दिनन् । कतिसम्म भने अँगालो मारेर पोज नै पनि दिन्छन् । यीनको ‘अजब कहानीको गजब प्रेम कथा’ सुनेर मान्छेहरू छक्कै पनि परेका छन् ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *