Sajhamanch Archive

तेल ढुवानीमा ‘भेहिकल ट्र्याकिङ सिस्टम’ को तयारी

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा हुने चोरी नियन्त्रण गर्न सेक्युरिटी लकिङ सिस्टम जडान गरे पनि पूर्णरुपमा चुहावट नियन्त्रण नभएपछि नेपाल आयल निगमले ‘भेहिकल ट्र्याकिङ सिस्टम’ प्र्र्रयोगमा ल्याउने तयारी गरेको छ ।  ।

इन्डियन आयल कर्पोरेट (आइओसी) बाट सेक्युरिटी लकिङ सिस्टम जडान गरेर निगमको विराटनगर डिपोमा आएको ट्यांकरबाट २५ सय लिटर डिजल चोरी भएको घटना सार्वजनिक भएपछि यो प्रविधिमा पनि प्रश्न उठेको छ ।

अहिले प्रयोगमा ल्याएको लकिङ सिस्टममा पनि छिटपुट चोरीका घटना भएपछि निगमले अझ उन्नत प्रविधि प्रयोग गर्ने रणनीति बनाएको हो ।

नागरिक दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *