Sajhamanch Archive

सुस्त युवती बलात्कारीको निसाना

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

पाँचथर । युवती बलात्कारको घटना दिनानु दिन बढ्न थालेका छन ।

पाँचथर फाल्गुनन्द गाँउपालिकाकी एक सुस्त मनस्थितिकी युवती आफ्नै गाउँले बाट बलात्कारको सिकारमा परेकी छन् ।

मंसिर २८ गते साँझ भएको यस घटनामा बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका छन् ।

पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी ती युवतीलाई घरमा एक्लै छाडेर परिवारका अन्य सबै सदस्य विवाहमा गएका थिए ।

युवतीलाई ललाई फकाई घरभन्दा केही पर लगेर भुजेलले बलात्कार गरेको पीडितले इशारा मार्फत आफन्तलाई बताएकी छन् ।

उनि देख्न र सुन्न सक्ने भएपनि ती युवती बोल्नभने सक्दिनन् ।
उनले आफन्तलाई पीडकले हातमा समाई गाँउमा लैजाने भनेर एकान्तमा लगेर बलात्कार गरेको इशारा मार्फत वताएकी छन् ।

बलात्कारका आरोपित भुजेललाई पुष १ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।

पीडकलाई पाँचथर जिल्ला अदालतबाट अनुसंन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *