Sajhamanch Archive

७२ घण्टे चक्कीको प्रयोग बढ्यो

Published: in स्वास्थ्य by .

काठमाडौं । आजको युवापुस्तामा बिहेअघि वा विहेपछिको परपुरुषसंगको सम्वन्धलाई समान्य रूपमा लिन थालिएको छ ।

युवाहरूका प्रेम जोडी हुन् वा पति विदेशमा रहेका वैंशालु महिलाहरू शारीरिक सम्वन्ध गरे पनि गर्भ चै नरहोस् भन्ने चाहन्छन् । त्यसैले हिजोआज विभिन्न कम्पनीले उत्पादन गरेको ७२ घन्टे गर्भनिरोधक चक्कीको प्रयोग निक्कै बढेको छ ।

विभिन्न नाममा उपलब्ध हुने यस्ता चक्कीहरु युवायुवतीले बढी प्रयोग गर्ने गरेका छन् ।

इकोन, आइपिल, आइस्योर, निल–७२ लगायत विभिन्न नाममा उपलब्ध हुने यस्ता आकस्मिक गर्भ निरोधनका साधनको प्रयोग युवा पुस्ताले बढी गर्ने गरेका छन् ।
यस्ता चक्कीले आकस्मिक रुपमा हुने गर्भलाई रहन दिँदैन ।

इकोन, आइपिलजस्ता आकस्मिक र्गभनिरोधका साधनको बिक्रीवितरणले ठूलो बजार लिएको छ ।
युवा पुस्ता यस्ता चक्किप्रति आकर्षित हुन थालेपछि हिजोआज कन्डमको बिक्री अत्यन्त न्यून मात्र हुने गरेको छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका, जोरपाटीस्थित नारायणटार मेडिको फर्माका सञ्चालक हर्कबहादुर केसीको अनुभवनमा १५–२५ वर्ष उमेर समूहका युवतीहरुले यसको बढी मात्रामा प्रयोग गरेको पाइन्छ ।
‘अरु दिनभन्दा शनिबार यसको बिक्री बढी हुन्छ,’ उनी भन्छन्, ‘कन्डमको प्रयोगलाई यस्ता चक्कीले विस्थापन नै गरिसक्यो ।’ उनको अनुभवमा हाल कन्डमको प्रयोग झन्डै ८० प्रतिशतले घटेको छ ।

यस्ता गर्भनिरोधका साधन प्रयोग गर्ने युवतीहरु खरिद गर्न भने असज महसुस गर्छन् ।

‘कतिपय युवतीहरु त यसको नामलिन पनि हिच्किच्याउछन्, कति चाहिँ चुपचाप औषधि लिन्छन् हिडिहाल्छन्’, केसीले बताए ।

जोरपाटी नारायणटार निवासी १९ वर्षीया सृष्टी ९नाम परिवर्तन० बिबिएस दोस्रो वर्षमा अध्यनरत छिन् ।

उनको प्रेम सम्बन्ध भएको ४ वर्ष बित्यो । उनीे प्रेमीसँगको शारीरिक सम्बन्धपश्चात् नियमित रुपमा इकोनको प्रयोग गर्दै आइरहेको बताउँछिन् ।

इकोनको प्रयोग गरेपछि अरु कुनै पनि साधनको प्रयोग आवश्यक छैन,’ उनी भन्छिन्, ‘कन्डमको प्रयोगले शारीरिक सुख नहुने तथा फुट्ने खतरा हुन्छ यी सबै कुराहरुबाट बच्न इकोनको यसको प्रयोग गर्छु ।

’ साथीहरुले उनकै शब्दमा ‘यो नै उतम साधन’बारे सीमालाई बताएका थिए ।

यस्ता चक्कीको बढी प्रयोगले भविष्यमा गर्भ नै नबस्नेसम्मको खतरा हुनसक्ने चिकित्सकहरु बताउँछन् ।

सीमाले यस्तो चक्की प्रयोग गर्न थालेको लगभग ३ वर्ष भैसकेको बताइन् ।

यस्ता चक्कीको प्रयोगले हुने हानी नोक्सानीबारे पनि सीमालाई केही जानकारी छ । यसको नकारात्मक आफूलाई थाहा भए पनि उनले यस्ता चक्की नियमित प्रयोग गर्दै आएकी छन् ।

‘नेपाली समाजमा विवाहपूर्वको यौन सम्बन्धलाई स्वीकार गर्दैन, विवाह अगाडि गर्भ बस्यो भने समाजले घृणा गर्छ,’ उनले आफ्नो बाध्यता सुनाइन्, ‘आफ्नो पढाई तथा ‘करिअर’ बनाउनका लागि नियमित रुपमा इकोनको प्रयोग गर्छ ।’

अहिले खासगरी युवापुस्ताको रोजाइमा परेको यो ७२ घन्टे चक्कीले अनिच्छित गर्भ रहन नदिने भए पनि यसले यौन रोगको भयावह तश्वीर देखाएको यौन तथा चर्म रोग विशेषज्ञ डा। राजकिशोर साह बताउँछन् ।

एचआइभी÷एड्सजस्ता रोगलाई यसले बढाउने उनको भनाइ छ । चक्कीले गर्भ रहन नदिने मात्र हो, कण्डमजस्तो यसले रोग सर्नबाट बचाउँने र गर्भ रहन नदिने दुर्व काम गर्न सक्दैन ।

यस्ता चक्की निरन्तर सेवन गर्दा स्वास्थ्यलाई हानी पुग्ने कुरा बताउँदै कण्डमकै प्रयोगलाई बढावा दिनु पर्ने डा। साहको सल्लाह छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *