Sajhamanch Archive

ट्यांकरको ठक्करबाट श्रीमतिको मृत्यु श्रीमान् घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

उर्लाबारी । मोरङको विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोशी राजमार्गमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। मत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० की २२ वर्षीया हिमा कार्की रहेको प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नम्बरको तेल ट्याङ्करले ठक्कर दिँदा दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय मनोज कार्कीको उपचार स्थानीय अस्पतालमा भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृतक हिमा मनोजकी श्रीमती हुन्। ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *