Sajhamanch Archive

नेपाल आइडल सिजन २ को विजेता बने रवी ओड

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडाैं । दोस्रो नेपाल आइडलको उपाधि रवि ओडले जितेका छन् । उपाधिसँगै उनले नगद पुरस्कार प्राप्त गर्दै विश्व भ्रमणकाे अवसरसमेत हात पारेका छन् ।

बिक्रम बराल - फर्स्ट रनर अप
बिक्रम बराल – फर्स्ट रनर अप

उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्काेटा तथा इन्दिरा जाेशीकाे निर्णय तथा प्राप्त भएका भोटका आधारमा बाँकी तीन प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेका हुन् ।

सुमित पाठक - सेकेण्ड रनर अपसुमित पाठक – सेकेण्ड रनर अप

त्यसैगरी पोखराका बिक्रम बरालले दाेस्राे तथा सुमित पाठकले तेस्राे स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारीले चाैथाे स्थान ओगट्न सफल भइन् ।

अस्मिता अधिकारी- थर्ड रनर अपअस्मिता अधिकारी- थर्ड रनर अप

पुल्चाेकमा रहेेकाे इञ्जिनियिरङ कलेजकाे मैदानमा भएकाे ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *