Sajhamanch Archive

बुद्धशान्तीमा चासोक तङनाम मेला सम्पन्न

Published: (Updated: ) in समाज by .

बुधबारे । किराँतीहरुको महान चाड धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा बुद्धशान्ति वडा नम्बर ४ स्थित सोमबारे बजार परिषरमा पौष १ गते देखि लागेको चासोक तङनाम मेला शनिबार सम्पन्न भएको छ ।

धान्य पुर्णिमा तथा उधौलीलाई किरातका एक घटक जाती लिम्बुहरुले चासोक तङ्नाम भनिने र यस मेलाको उद्देश्य संस्कार संस्कृतिको संरक्षण र निरन्तरता दिनु रहेको चासोक तङ्नाम आयोजक समितिका अध्यक्ष करण योङ्हाङ्ले बताए ।

मेलामा अलग अलग दिन पालम, हाक्पारे, यबा र युमा नाच जस्ता लिम्बु जातीको सांस्कृतिक झाकीहरु प्रस्तुत सँगै खेलकुदका कार्यक्रम छेलो हान्ने, लट्ठा तान्ने , हाँडी फोड्ने , लिङ्गो चड्ने र राष्ट्र स्तरीय कलाकारहरु प्रस्तुती रहेको मेला आयोजक समितिका उपाध्यक्ष कृष्ण बहादुर सेम्दाङले जानकारी दिए ।

मेला आयोजक समितिका अध्यक्ष करण योङहाङको अध्यक्षता, मन्धुम विद् आइतराज खजुम, बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिमान जवेगु, अन्य ठाउँबाट आएका धर्म गुरु, स्थानीय जनप्रतिनिधी, समाजसेवी, पत्रकारहरुको उपस्थिति रहेको चासोक तङनाममा आयोजक समितिका सदस्य पूर्ण सुहाङले स्वागत मन्तव्य दिएका थिए । सोदुङ्गे लेप्मुहाङ्ग फेदाङमा जानपा संघले आयोजना गरेको चासोक तङनाम मेला समापनको कार्यक्रम संस्थाका सचिव मोहन मावोले संचालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *