विकास निर्माणको कार्यशैली पुरानै भएकाले सुधारको आवश्यकः मन्त्री कार्की
Published: (Updated: )
by .
भद्रपुर । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले हाम्रो विकास निर्माणको कार्यशैली पुरानै भएकाले सुधारको आवश्यक भएको बताएका छन् ।
जिल्ला समन्वय समिति झापाले आयोजना गरेको बार्षिक कार्ययोजना सम्बन्धी परामर्श बैठकमा धाराण राख्दै मन्त्री कार्कीले अहिले कुन काम प्रदेश र कुन काम स्थानीय तहले गर्ने वा संघीय सरकारले के काम गर्ने भन्ने सबै स्पष्ट नभई सकेको हुँदा केही कमी कमजोरी हामीबाट पनि भएको हुन सक्ने बताए ।
आपूm पनि सिकाइको क्रममा रहेको बताउँदै मन्त्री कार्कीले संघीय र प्रदेश सरकारका योजना मात्र होइन स्थानीय तहको योजनाको अनुगमन सञ्चार क्षेत्रले गर्नु पर्ने बताए । उनले सञ्चार क्षेत्रले गरेको अनुगमन प्रभावकारी ढंगले बाहिर आउने हुँदा यो अनुगमन सार्थक हुने पनि दावी गरे ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न बैठकमा प्रतिनिधि सभाका माननीय सांसद जसमाया गजमेर, प्रदेश सभाका माननीय साँसद श्रीप्रसाद मैनाली र हीरा थापा, झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समितिका योजना प्रमुख गोपाल खम्बुले स्वागत गरेका कार्यक्रममा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन सुपारी, रवर जोन कार्यालय, जिल्ला सिंचाई डिभिजन कार्यालय, डिभिजन सडक कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलगायतका कार्यालयहरुले आप्mना कार्यालयमा संघ र प्रदेश सरकारबाट आएका योजनाहरुको जानकारी गराएको थियो ।
बैठकमा गाउँ पालिका र नगर पालिकाका प्रमुखहरुले योजनाहरु समयमै सम्पन्न नहुने, योजना ठूलो बजेट सानो हुने भएकाले स्थानीय तहका योजनाहरु अलपत्र हुने गरेको टिप्पणी गरेका थिए ।
Comments