Sajhamanch Archive

वैदिक समाज झापामा आबद्ध बालकालिकाहरुले मिनी माउन्टेन अवलोकन

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । वैदिक समाज झापामा आबद्ध बालबालिकालाई अतिरिक्त ज्ञान अन्र्तगत आन्तरिक पर्यटनका रूपमा उत्तरी झापाको कृष्ण थुम्की तथा मिनी माउन्टेन अवलोकन गराइएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत झापाका रमणीय पर्यटकीय क्षेत्र अवलोकन कार्यक्रमका रूपमा उत्तरी झापाको कृष्ण थुम्की तथा मिनी माउन्टेन अवलोकन भ्रमण गराइएको हो ।

संस्थाकी संरक्षक जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मिना पराजुलीको नेतृत्वमा संस्थाका सदस्यहरूले २२ जना बालबालिकालाई स्थान पहिचान र पहाडी यात्रा अवलोकन सहित अतिरिक्त ज्ञान कार्यमा सहभागिता गराएका थिए । अभियानमा सहभागी सदस्य दिपेन्द्र भट्टईका अनुसार विद्यालयमा शिक्षाले दिन नसकेको ज्ञान अतिरिक्त रूपमा भ्रमणमा सहभागी बालबालिकाले प्राप्त गरेका छन् ।

नेपाली मौलिक कला, संस्कृति, संस्कार र सभ्यतालाई अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा हस्तान्तरण गर्न बालबालिकालाई विद्यालय समय बाहेक अतिरिक्त शिक्षा प्रदान गरी मौलिक अस्तित्व रक्षा गर्ने उद्देश्यले २०६२ सालदेखि प्राचीन ग्रन्थ वेदको अध्ययन अध्यापन गराइरहेको छ भने संस्थाले झापामा आन्तरिक पर्यटन संस्कार निर्माणका लागि वार्षिक कार्यतालिका बनाएर संस्थामा आबद्ध बालबालिकालाई शैक्षिक भ्रमण गराउने गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *