Sajhamanch Archive

मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ को पोल्टामा

Published: in खेलकुद by .

 भद्रपुर । अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले चुमेको छ ।

भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयले नेपाल भारतको सीमास्थित मेची नदीको बालुवामा पहिलो पटक आयोजना गरेको शनिवार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई दुई अंकले स्तब्ध पार्दै वडा नम्बर ३ ले उपाधि चुमेको हो ।

उपाधी चुमेसँगै वडा नम्बर ३ ले नगद २५ हजारसहित ट्रफि पाएको छ । उपविजेतामा चित्त बुझाएका आयोजक वडा नम्बर ५ ले नगद १५ हजारसहित ट्रफि पाएको छ । त्यस्तै वडा नम्बर २ ले तेस्रो स्थान हासिल गरेको छ । २ नम्बरले नगद ८ हजारसहित ट्रफि पाएको छ ।

फाइनल खेलमा वेस्ट अफ फाइबमा वडा नम्बर ५ लाई वडा नम्बर ८ ले २१–१७, १८–२१, २१–१२, १५–२१ र २२–२० मध्ये तीन सेटमा जितेका थिए । ५ नम्बर दुई सेट जित्न सफल भए । त्यस्तै वडा नम्बर ८ लाई २१–१७ र २१–१२ सोजो सेटमा पराजित गर्दै वडा नम्बर २ ले तेस्रो स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगिता उत्कृष्ट खेलाडिमा ३ नम्बर वडाका प्रमोद पाण्डे र ५ नम्बर वडाका भरत यादवलाई इमान्दार खेलाडीको रुपमा सम्मान गरेका थिए ।

५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीको अध्यक्षता तथा प्रदेश सांसद बसन्त बाँनियाको प्रमुख आतिथ्यता भएको समापन कार्यक्रममा वडा कार्यालयले झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजीलाई अभिन्नदन गरेको छ ।

अग्रज पत्रकार काजीलाई प्रदेश सांसद ओमप्रकाश सरावगीले नगदसहित अभिन्नदन गरेका थिए । त्यस्तै भद्रपुर निवासी पूर्व फुटबल खेलाडि दिलीप भुईमाली र नेपाल पुलिस क्लवका भलिवल कोच सरोज श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ ।

यता विजेता टिमको प्रथम पुरस्कार मुना चियाका सञ्चालक महेश मित्तल, द्धितीय पुरस्कार अजय साहेवाल र तृतीय पुरस्कार आँगन मसालका सञ्चालक विगत ओझाले प्रदान गरेका थिए । यता प्रदेश १ कै मेची अञ्चलमै पहिलो पटकमा बालुवामा आयोजना गरिएको प्रतियोगिताका नगर भरीका १० वडाबाट ४० जना खेलाडीले सहभागिता जनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *