Sajhamanch Archive

जिते सलमानले इन्डियन आइडलको उपाधि

Published: in टिप्स/जानकारी by .

भारतीय टेलिभिजनको रियालिटी शो इन्डियन आइडलको दशौँ संस्करणको विजेता सलमान अलीले जितेका छन्। आइतबार भएको फाइनलमा अलीले चार प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि हात पारेका हुन्।

फर्स्ट रनरअप अंकुश भारद्वाज बने। उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र कार उपहारमा पाए। दोस्रो भएका अंकुशले पाँच लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरे। आइडलको सेकेण्ड रनरअप भने निलाञ्जना रे भइन्। यस्तै नितीनकुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा पुगे।

निलाञ्जना पाँच लाख रुपैयाँ प्राप्त गरिन् भने नितिन र विभोरले तीन–तीन लाख रुपैयाँका साथ अन्य उपहार पाए। फाइनलमा बलिउडका चर्चित अभिनेता शाहरुख खान, कैटरिना कैफ र अनुष्का शर्मा पुगेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *