Sajhamanch Archive

आगोले ८७ घर ध्वस्त बनाएको खाडागाउँका हृदयविदारक फोटो

Published: (Updated: ) in फोटो, मुख्य समाचार, राष्ट्रिय समाचार by .

कालिकोट । राति सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएको खाडागाउँका बासिन्दा शोकमा छन्। मानवीय क्षति नभए पनि उनीहरूका बस्ने बास ध्वस्त भएका छन्, खाद्यान्न नष्ट भएको छ र कतिपयका गोठमा बाँधिएका चौपाया पनि मरेका छन्।

कालिकोट जिल्लाको पलाँता गाँउपालिका १ खाडामा भीषण आगलागी हुँदा ८७ बढी घर जलेर नष्ट भएका छन्। गएरातl करिब १० बजेदेखि सुरु भएको आगो दिउसो १२ बजेमात्र नियन्त्रणमा आएको छ। आगलागीमा झण्डै ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ।

परम्परागत शैलीका खरले छाएका छाना भएको १७९ घरधुरी रहेको गाँउको तल्लो छेउमा रहेको नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले ८७ घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार स्थानीय र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको छ।

आगलागीबाट जवगाइएका सामान। 

प्रशासनका अनुसार आगलागीमा ७ जना स्थानीय घाइते भएको छन्। घाइते हुनेहरूमा ७० वर्षकी चन्द्ररुपा संज्याल, ७० वर्षका देवराज हमाल, ३५ वर्षका विष्णुऋषि न्यौपाने, ५८ वर्षका कर्णप्रसाद न्यौपाने, १० वर्षका करिस्मा न्यौपाने, ९ वर्षका त्नि न्यौपाने छन्।

प्रशासनका अनुसार चन्द्ररुपा संज्याल गम्भीर घाइते छन्। उनीहरूको उपचार पनि हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार आगलागी पीडितहरूका लागि राहत संकलन अभियान थालिएको छ। कालिकोट उद्योग वाणिज्य संघले जिल्ला सदरमुकाम मान्म बजारमा राहत संकलन अभियान थालिएको छ। कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीको नेतृत्वमा कालिकोटका सम्पूर्ण व्यपारीहरू राहत संकलनमा जुटेका छन्।

जिल्लाको पलाँता गाँउपालिकाको खाडामा उद्धार तथा राहतका लागि खटिने मान्छेहरूको पनि अभाव छ। अधिकांश युवाहरू रोजगारीका लागि कालापाड गएका छन्। गाउँ युवाविहीन छ। गाउमा महिला, वृद्धवृद्धा र केटाकेटीहरू मात्र छन्।

आगोले पुरै गाउँ जलाएपछि त्यहाँका ८७ घरपरिवारहरु बिचल्लीमा परेका छन्। उनीहरूले गएराति पुस महिनाको कठ्याङग्रिँदो जाडोमा आफ्नै घरमा लागेको आगोले सेकिएर बस्नु परेको पलाँता गाँउपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले बताइन्। उनका अनुसार गाँउका ८७ वटै घरपरिवारका मानिस एक जोर लगाएको कपडा बाहेक सबै जलेर नष्ट एका छन्। उनीहरूलाई अब कहाँ कसरी बस्ने भन्ने समस्या छ।

प्रभावितको तथ्यांक यसरी टाँसिएको छ। 

जिल्ला प्रहरी कार्यालय कालिकोटका निमित्त प्रमुख देवेन्द्रकुमार मल्लले पलाँताको खाडामा आगलागी भएको खबर प्राप्त भएपछि राति साढे दुई बजेतिर पचालझरना गाउँपालिकामा रहेको प्रहरी चौकी प्रमुख पुष्प कडायतको नेतृत्वमा १६ जना प्रहरीको टोली घटना स्थलतर्फ पठाइएको र उक्त टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए।उनले पलाँतामा फोनदेखि प्रहरीको सेट समेत सम्पर्कमा नआएपछि आगो समयमै नियन्त्रण गर्न नसकिएको बताए। उनले भने, ‘प्रहरीको टोली घटना स्थल पुग्न करिब ४ घण्टा लाग्यो। धन्न आगो नियन्त्रण गर्न सकियो। गाउँमा कसरी आगलागी भयो भन्ने कारण नखुलेको उनको भनाई छ।

हेर्नुस् अरु फोटोहरूः

आगोले ध्वस्त भएका घर। 

मानवीय क्षति त भएन तर जलेका घरहरूमा उडिरहेको धुवाँ हेर्नुबाहेक स्थानीयहरूसँग अरु विकल्प छैनन्। 

राति २ बजे सल्किएको आगोमा पीडितको सूचि। 

 

अन्नपूर्ण पोष्टबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *