Sajhamanch Archive

भारतीय भूमि हुँदै नेपाल बंगलादेश बिद्युतीय प्रसारणलाइन लाइन छिट्टै

Published: in समाज by .

काठमाडौं । उर्जामन्त्री बर्षामान पुनले अब नेपालले भारतीय भूमि हुँदै अन्य देशमा पनि बिजुली बेच्न सक्ने बताउनुभएको छ ।
भारतले क्रसबोर्डर बिद्युत व्यापार निर्देशिका परिवर्तन गरिसकेकाले अब भारतीय ट्रान्समिसन लाइन मार्फत नेपाल सहित अरु देशले पनि सहमतिका आधारमा आफ्नै ट्रान्समिसन लाइन बनाएर बिजुली बेच्न सक्ने दाबी गर्नुभयो ।

उहाँले त्यसको लागि भारतसँग गहिरो छलफल भैरहेको पनि बतानुभयो । बिशेष गरी नेपाल९बंगलादेश ट्रान्समिसन लाइन उच्च प्राथमिकमा रहेको उहाँको भनाई छ ।

बंगलादेशले माथिल्लो कर्णालीबाट पाँच सय मेगावाट बिजुली किन्ने सहमति गरिसकेको छ ।

भारतले निर्देशिका परिवर्तन गरिसकेपछि नेपालले बिजुली कहाँ बेच्ने भन्ने चिन्ता नभएको उहाँले बताउनुभयो ।

पहिले बिजुली किन्न भारतीय कम्पनीको ५१ प्रतिशत लगानी हुनैपर्ने नियम भएकोमा अहिले लगानी जसको भए पनि किन्न सकिने गरी भारतले निर्देशिका परिवर्तन गरेको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *