Sajhamanch Archive

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब थप बजेट

Published: in राष्ट्रिय समाचार by .

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले चालु वर्षमा विनियोजन भएको बजेट सकिएको भन्दै थप ८ अर्ब माग गरेको छ

विमानस्थलका लागि आवस्यक जग्गाा अधिग्रहणका लागि उक्त रकम माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ।

चालु वर्षका लागि जग्गा अधिग्रहणका लागि ५ अर्ब पाएको उक्त आयोजनाले अहिलेसम्म ४ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।

बाँकी १ अर्ब रुपैयाँका लागि सबै प्रक्रियामा गएकोले थप बजेट माग गरिएको अयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए।

कूल २३ अर्ब रुपैयाँ मुआव्जाबापत जाने अनुमान गरेको आयोजनाले हालसम्म १३ अर्ब रुपैयाँ वितरण गरिसकेको छ।

अर्को वर्षको असोजबाट विमानस्थल संचालन हुनेबेलासम्म सबै मुआब्जा वितरण गरिसक्ने लक्ष्यसहित आफूहरु गएको र त्यही कारण थप बजेट माग गरिएको अधिकारीले जानकारी दिए।

‘एकातिर अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुने अर्कोतिर त्यही विमानस्थलले जग्गा ओगटिदिएका स्थानीयले मुआब्जा नपाउने हो भने त्यो उत्सबको रुपमा हुँदैन’ अधिकारीले सेतोपाटीसँग भने,‘हामी सकेसम्म आउने असारसम्म सबै मुआब्जा दिन चाहन्छौ।’

२२८ विगाह जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणले २ वर्ष अघि प्रक्रिया अघि बढाएको थियो। अघिल्लो वर्षबाट मुआब्जा वितरण शुरु भएको थियो।

दोस्रो चराणमा विमानस्थल विस्तारका लागि पहिले जग्गा अपुग हुने भन्दै थप जग्गा अधिग्रहण गरिएको हो।

यो जग्गा अधिग्रहणको कामले हालको विस्तारको काम भने प्रभावित हुने छैन। पहिलेकै जग्गामा विस्तारको काम भइरहको छ। दोस्रो चरणमा टर्मिनल भवन, सुक्षा तथा अन्य पूर्वाधार बनाउनका लागि थप जग्गा चाहिएको भन्दै अधिग्रहण प्रस्ताव स्वीकृत भएको थियो।
सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *