Sajhamanch Archive

बाक्लो हुस्सुका कारण प्रभावित मनाङको तापक्रम माईनस ६

Published: in राष्ट्रिय समाचार by .

नेपालगन्ज । बाँकेमा आजदेखि जाडो बढेकोे छ । बाक्लो हुस्सुसँगै चलेको शितलहरका कारण जनजीवन प्रभावित भएको छ ।

दुई दिनयता तापक्रम विस्तारै घट्दै गएको छ । हावापानी फिल्ड कार्यालय नेपालगञ्जका प्रमुख एपी चौरसियाका अनुसार बाँकेमा आजको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस छ ।

बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण यहाँबाट बिहानीपख हुने हवाई उडान अवरुद्ध भएको छ ।

हवाइजहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो ।

पत्रकार नवीन लामिछानेका अनुसार हिमाली जिल्ला मनाङको तापक्रम माईनस १६ डिग्रीबाट घटेर माईनस ६ डिग्री पुगेको छ ।

मंगलबार विहानको ताजा अपडेट अनुसार तापक्रममा परिवर्तन आएको हो । यहाँ खोलाको पानी जमे पनि तापक्रममा भने परिवर्तन आएको छ ।

जनजीवन भने सहज भएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।

उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको माथिल्लो भेगमा माईनस १० डिग्री रहेको छ भने नार्पा भुमिमा माईनस १२–१४ रहेको अनुमान गरिएको छ ।

जिल्लाको माथिल्लो भागमा खानेपानीका मुहानहरु जमेका छन् भने खोला पनि जम्न थालेको स्थानिय गोरे गुरुङले बताए ।

त्यस्तै मनाङ सदरमुकाम चामेमा विहान वेलुकाको तापक्रम माईनस १० सम्म पुगेको छ प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए ।

चिसो बढ्न थाले पछि स्थानियहरु जिल्ला बाहिर जान थालेका छन् भने घर हेरालु र गोठमा वस्नेहरु मात्र मनाङमा रहेका छन् । विद्यालयहरु जाडो विदामा छन् ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *