Sajhamanch Archive

बङ्गलादेशमा विपक्षी दलका १० हजार बढी कार्याकर्ता पक्राउ गरेको दावी

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । बङ्गलादेशमा विपक्षी दलका नेताहरुले निर्वाचनको समय नजिकिँदै गर्दा प्रहरीले आफ्ना १० हजार पाँच सय कार्यकर्तालाई प्रक्राउ गरेको दावी गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ ।

प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले आगामी नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दावी गरेका छन् ।

देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको विपक्षी दलको आरोप छ । यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरित भयको वातावरण सिर्जना गरेको उनीहरुले बताएका छन् । प्रहरीले भने निर्वाचन अभियानका शिलशिलामा पक्राउ परेका विपक्षीको संख्या कति रहेको छ भन्नेबारे एकिन तथ्याङ्क दिन आनाकानी गरेका छन् । प्रहरीले अनावश्यकरुपमा कसैलाई पनि पक्राउ नगरेको जकिर गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *