Sajhamanch Archive

ए डिभिजन लिगस्ब्रिगेड ब्वाइजलाई ४–१ ले हराउँदै शेर्पा अंकतालिकाको पाँचौ स्थानमा

Published: in खेलकुद by .

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइजमाथि ४–१ को फराकिलो जित निकाल्न सफल भएको छ ।

जितसँगै तालिकामा शेर्पा १७ अंकसहित पाँचौ स्थानमा आएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा बुधबार भएको पहिलो खेलमा पहिलो हाफ भने दुवै टिमले गोल रहित बराबरी खेलेका थिए ।

११औं मिनेटमा हिमालयन शेर्पाका कर्ण लिम्बुको प्रहार ब्रिगेड ब्वाइजका डिफेन्डरले बचाएका थिए ।

त्यसको लगत्तै काउन्टर अट्याकमा ब्रिगेड ब्वाइजले एउटा मौका पाए पनि प्रहार बाहिरिन पुगेपछि पहिलो हाफ गोलरहित बनेको हो ।

दोस्रो हाफमा भने शेर्पा सुरुदेखिनै ब्रिगेड ब्वाइजमाथि हावी देखिएको थियो । ४६औं मिनेटमा शेर्पाका लागि गोहा प्याट्रिक प्रिभेटले नजिकैबाट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा विशन गुरुङले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारेका थिए ।

लगातार २ गोलले पछि परेको ब्रिगेडको डिफेन्डरले गल्ती गर्दा विश्वास श्रेष्ठले शेर्पाका लागि तेस्रो गोल थपेका थिए । ८० औं मिनेटमा पनि विश्वासले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथौ गोल गरेका थिए ।

८३औं मिनेटमा पनि विश्वासले गरेको प्रहार विफल भएको थियो । ८७ औं मिनेटमा बर्तमान राईले सान्त्वना गोल फर्काएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *