२२ तलाको धरहरा यस्तो
Published:
by .काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेपछि धरहरा पुनर्निर्माणको शिलान्यास गर्दैछन् । अ
ब बन्ने धरहरा आधुनिक र सुविधासहितको बनाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
त्यस्तै धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ ।
धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् ।
बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।
विक्रम्सम्बत १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तला बनाइएको थियो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न जीआईईटीसी ९रमन जेभी० लाई दिएको छ । पुनर्निर्माणका क्रममा भत्किएको धरहरा भने सिसाभित्र राखिनेछ ।
रातोपाटी
Comments