Sajhamanch Archive

२२ तलाको धरहरा यस्तो

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भुकम्पले भत्किएको धरहराको पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान ११ बजेपछि धरहरा पुनर्निर्माणको शिलान्यास गर्दैछन् । अ

ब बन्ने धरहरा आधुनिक र सुविधासहितको बनाइने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

त्यस्तै धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ ।

धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।

विक्रम्सम्बत १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तला बनाइएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न जीआईईटीसी ९रमन जेभी० लाई दिएको छ । पुनर्निर्माणका क्रममा भत्किएको धरहरा भने सिसाभित्र राखिनेछ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *