Sajhamanch Archive

मेलबर्न स्टार्स सिड्नी सँग खेल्दै सन्दीपको टिम

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासमा आज सिड्नी सिक्सरसँग खेल्दैछ ।

लगातार दोस्रो खेलमा पराजित भएको मेलबर्न स्टार तेस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा सिड्नी सिक्सरसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो २ बजे सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । टोली पराजित भए पनि नेपाली युवा लेगस्पिनर लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सिड्नी थन्डरविरुद्ध बिग बासमा ‘डेब्यु’ गरेका उनले दुई विकेट लिएका थिए । दोस्रो खेलमा होबार्ट हुरिक्यान्सविरुद्ध ३ विकेट लिएका थिए ।

दुई खेलमा ५ विकेट लिएका उनले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएका थिए ।

दोस्रो खेलमा ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएपनि मेलवर्न स्टार पराजित भएको थियो ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *