Sajhamanch Archive

शिवसताक्षीमा अपाङ्गता भएका चार जनालाई व्हिल चियर

Published: in राष्ट्रिय समाचार by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुलाई ब्हिल चियर वितरण गरिएको छ ।

नगरको वडा नं. ४ स्थित रंगेथानका ४ जनालाई नेपाल सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाका स्वकीय सचिव समेत रहेका स्थानीय तुलसीराम मैनाली र राष्ट्रिय अपाङ्ग कोषका महासचिव यामनाथ मैनालीको सहयोगमा ४ जनालाई ब्हिल चयर वितरण गरिएको हो ।

शारीरिक रुपमा अशक्त र अपाङ्ग भएका ब्यक्तिहरुलाई सहज होस भन्ने उदेश्यले व्हिल चियर वितरण गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।

विहिबार एक कार्यक्रमकाबीच अस्मिन मेमोरियलको प्राङ्गणमा सन्तोष साह, एलिसा राजबन्शी, विकास यादव र उमेस साहलाई व्हिल चियर वितरण गरेको हो ।

व्हिल चियर पाएर उनीहरु हर्षित बनेका छन् । घरदेखी स्थानीय छरछिमेक वा बजारसम्म र काम बिशेषले बिभिन्न स्थानहरुमा पुग्न सहज भएकोमा उनीहरुले व्हिल चियर उपलब्ध गराइदिनुहुने व्याक्ति एबम् संस्थालाई धन्यवाद दिए । उनीहरुले व्हिल चियर पाएर आफ्नो नियमित जीवनमा परिवर्तन आएको भन्दैं खुशी व्यक्त गरेका छन् ।

कार्यक्रममा गौरिगन्ज गाउपालिका वार्ड नम्बर १ का जनप्रतिनिधि जानुका गौतम, अस्मिन मेमोरियल स्कुलका फाउन्डर निलम मैनाली, स्थानीय समाजसेवी टंक राजवंशी र वासुदेव ताजपुरिया लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण शिक्षक विनोद भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *