Sajhamanch Archive

पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ ।

भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाएको हो ।

सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ ।

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ उनले भने ।

पूर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी हाल प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष छन् ।

जर्दारीकी श्रीमती र पूर्वप्रधानमन्त्री बेन्जेजिर भुट्टो हत्याको ११औँ वर्ष हुनै लाग्दा सरकारले यस्तो आदेश दिएको हो ।

उनीहरूको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन चुनावी र्यालीमा सहभागी भएका बेला आत्मघाती बम हमलामा परी रावलपिण्डीमा हत्या भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *