Sajhamanch Archive

यो वर्षकै सबैभन्दा चिसो दिन आज

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । आज शुक्रबार यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी गराए अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस रहेको छ ।

गएको बुधबारको तापक्रम दशमलब ५ डिग्री सेल्सियस रहेको थियने । हिजो बिहीबार भने तापक्रम बढेर ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो ।

आज भने फेरि तापक्रम घटेको हो । चिसो बढेका कारण राजधानी काठमाडौं उपत्यकामा रुघा खोकीका बिरामी पनि केही दिन यता बढेको अस्पतालहरुको तथ्यांकले देखाएको छ ।

चिसो बढेसँगै बिहान तथा बेलुका सडकमा सवारी साधन तथा पैदल यात्रुको चाप कम हुन थालेको छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *