Sajhamanch Archive

भद्रपुरमा सडकको नामाकरण गर्न सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालयले वडाभरी रहेका सडक नामाकरण तथा विद्युत पोल नम्बरिङ अभियान सुरु गरेको छ ।

वडाबासीको पहिचान तथा सडक सञ्जाल विवरण जानकारी गराउने उद्देश्यले वडा भित्र रहेका ८५ वटा सडकको नामाकरण सहित ८ सय ६३ वटा विद्युत पोल नम्बरिङ अभियानको औपचारिक सुरुवात भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ गरेका हुन् ।

वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर १० केन्द्रमोड स्थित दशरथ मार्गमा सम्पन्न उदघाटन कार्यक्रममा कलवलगुरी कृषि सहकारीका अध्यक्ष भीम दाहाल, निजामती कर्मचारीको आधिकारिक ट्रेडयुनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाई लगायत वडाभरीका टोल विकास संस्थाका अध्यक्षहरू, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।

वडा सचिव मनकुमार डाँगीले कार्यक्रमको सञ्चालन गर्दै ८५ वटा सडक रहेको १० नम्बर वडामा ७४ वटा सडकका विद्युत पोल रहेको तथा ११ वटा सडकमा विद्युत पोल नभएको विवरण सहित ८ सय ६३ पोल संख्या विवरण जानकारी दिएका थिए । सचिव डाँगीका अनुसार ५ सय ३६ वटा पोलमा सडक बत्ती जडान गरिएको छ भने २० वटा पोलमा विद्युतीकरणका लागि तार जोड्न बााकी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *