Sajhamanch Archive

अन्तरविद्यालय रनिङ सिल्डको उपाधि दूधे मा.वि.को पोल्टामा

Published: (Updated: ) in खेलकुद by .

दूधे ।झापाको शिवसताक्षीमा आयोजित अन्तर विद्यालय रनिङ सिल्ड प्रतियोगितामा माध्यमिक तहतर्फ श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी बालनिकुञ्ज माध्यमिक विद्यालय  दोस्रो स्थान हात पारेकोे हो ।

त्यसैगरी आधारभूत तहतर्फ भगवती मा.वि प्रथम र रेडरोज मा.वि.ले द्वितीय स्थान हासिल गरेको छ । रनिङ सिल्डको प्राथमिक तहतर्फ सूर्योदय आधारभूत विद्यालयले प्रथम स्थान हासिल गर्न

सफल भयो भने मैनाचरी प्राथमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ ।

शिवसताक्षी नगर नगरपालिका भित्रका सा

मुदायिक ३५ र संस्थागत २८ गरी ६३ विद्यालय खेलमा सहभागी भएका थिए । दूधे श्रोतकेन्द्रले चार उपकेन्द्रमा विभाजन गरी गएको २४ गतेबाट खेल सञ्चालन गरेको दूधे स्रोतकेन्द्र स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्रोतकेन्द्रले पुरस्कार वितरण गरेको थियो । ६३ विद्यालयका ४ हजार विद्यार्थी सहभागी भई ५२ विधामा सञ्चालन भएको खेलमा ४५६ जना विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेका थिए । उनीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको खेल प्रवक्ता तथा शिक्षक गोविन्द काफ्लले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका उप प्रमुख भोजकुमारी नेपाल, वडा नंंं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारी, दूधे माविका प्र.अ. कालीप्रसाद रिजालले पुरस्कार वितरण गरेका हुन् । पुस्कार वितरण कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । शिवसताक्षी नगरपालिकाको सहयोगमा नगरपालिका शिक्षा शाखा अन्तर्गत दूधे स्रोतकेन्द्रले खेल सञ्चालन गरेको हो ।

यसैबीच सोही कार्यक्रममा अनिवार्य अवकास प्राप्त स.का. रेनुका लिम्बु बस्नेतलाई दूधे स्रोतकेन्द्रले सम्मान गरेको छ । उनी शिवसताक्षी ८ स्थित सरस्वती बालविकास केन्द्रमा ३० वर्षसम्म सेवा प्रदान गरी अनिवार्य अवकास प्राप्त गरेकी हुन् । कार्यक्रम शिक्षक श्रीप्रसाद खरेलले सञ्चालन गरेको थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *