Sajhamanch Archive

अग्निपीडितलाई राहत रकम र सामग्री वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । विहीबार साँझ झापा मेचीनगरमा भएको आगलागीका पिडीतलाई  मेचीनगर नगरपालिकाले शनिबार राहत रकम वितरण गरेको छ ।

शुक्रबार नगरपालिका कार्यालयको कार्यकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गदैं अग्निपीडितलाई राहत स्वरुप तत्काल नगद १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो । साही निर्णय अनुसार पूर्णरुपमा क्षति भएका २२ घर परिवारलाई जनही १० हजार तथा आशिंकरुपमा क्षति भएको २ घर परिवारलाई नगद ५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

आगलागी पिडित राहत वितरण व्यवस्थापन समिति हेल्पडेक्सको व्यवस्थापनमा भएको राहत रकम वितरण कार्यक्रममा नगर प्रमुख आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, कार्यपालिका सदस्य, विभिन्न वडाका वडाध्यक्ष, नगर सदस्य, विभिन्न राजनीति दलका नेतालगायतले सो रकम वितरण गरेका थिए ।

यसैगरी नेपाल राष्ट्रिय बाणिज्य संघले समेत आगलागी पिडित राहत स्वरुप कमल वितरण गरेको छ । केन्द्रीय कोषाध्यक्ष रोशन अग्रवाललगायतले राहत सामाग्री वितरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *