Sajhamanch Archive

आदर्श समाजको जस्तो नाम उस्तै कार्य

Published: (Updated: ) in समाज by .

अर्जुनधारा । आफ्नो ठाउँ आफै बनाउ हाम्रो फोहोर हाम्रो दायित्व भन्ने मुल नाराका साथ अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को पुस्पलाल चोक आसपासमा सररफाई अभियान सुचारु गरिएको छ ।

आदर्श युवा समाज को आयोजनामा सरसफाई सबैका लागि भन्ने उदेश्यका साथ केही हप्ता अघि बाट भरत भट्टराईको अध्यक्ष्तामा  आदर्श सरसफाई समिती गठन गरि सात्ताहिक कार्यक्रम सन्चालन गरिएको हो ।

आदर्श युवा समाज बाट डस्बिन खरिद गरि पुस्पलाल चोक हुँदै कप्तानबारी सम्म तथा छाता चोक हुँदै वडा कार्यालय सम्म डस्बिन राखिएको छ ।

अभियानलाई साथ दिदै सहयोगि मन तथा संघ संस्थाहरुले थप डस्विन सहयोग गरेका छन ।

अर्जुनधारा नगरपालिका वाड न ६ बाट १० वटा ड्स्विन, अंगुराशस् उघोग  बाट ५ वटा,  न्यु पाथीभरा नुडलस बाट २ वटा, सो क्षेत्रका  समाज सेवि  जीवन दाहाल ज्यु बाट ५ वटा,  सृजना सिसा पसल बाट ६ वटा डस्विन  सहयोग गरेका छन् ।

बाटो सरसफाई संगै छेउछाउमा रहेका झारपात तथा अदुबाखोला समेत सरसफाई गरिएको संस्था संयोजक चेतन भटटाईले बताए ।

सरसफाई अभियानल चलाएको चार हत्ता  मात्र भएपनि आफ्नो नगर प्लाटिक जन्य पदार्थबाट ठुलो  परिवर्तन भएकाले यस्ता खालका कार्यक्रम नगर भरिनै सन्चालन गर्ने आफुहरुको योजना रहेको अर्जुनधारा नगरपालिका ६ का कराते प्रशिक्षक तथा सरसफाई अभियान्ता योगेस रिजालको भनाई छ ।

चौथो दिनको सरसफाई सत्ताहमा उपस्थित भएका अर्जुनधारा वडा नम्बर ६ का वडा अध्यक्ष लोकनाथ गौतमले वडा बासिले अभियान संगै प्रतेक घर आगानमा एक एक वटा डस्बिन राखेर घरबाट निस्किएको फोहार व्यवस्थापन गर्नु सवै वडा बासिको कर्तव्य रहेको भन्दै यस्तो वडा परिवर्तनको गतिलो कार्यलाई आफुले वडाको जुनसुकै क्षेत्रबाट सहयोग गर्ने तत्पर रहेको तर्क प्रस्तुत गरे ।

साथै यस क्षेत्रमा आवत जावत गर्ने जो कोहीले पनि जथाभाबि फोहोर नफाल्न आग्रह गर्दै आफुहरुले सुरुवात गरेको योजना सफल बनाइदिन सबैलाई आग्रह गरेका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *