नवोदय साकोसद्वारा एक दिवशीय अन्तरक्रिया
Published: (Updated: )
by .
कमल । झापाको कमल गाउँपालिकामा रहेको श्री नवोदय बहुदेश्यीय सहकारी संस्थाले आइतबार आफ्ना सदस्यलाई एक दिवशिय अन्तरक्रिया कार्यक्रम गरेको छ ।
भर्खरै सम्पन्न २० औं वार्षिक साधारणसभाबाट पारित नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउन उदेश्यले कार्यक्रम आयोजना गरिएकोे संस्थाका व्यवस्थापक फणिन्द्र कार्कीले जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष शरण कुमार पराजुलीले बचतका प्रकार तथा नीतिका बारेमा जानकारी गराएका थिए भने उपाध्यक्ष बलराम गजुरेलले बचत तथा कर्जा नीतिका बारेमा सदस्यलाई जानकारी गराएका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार दिलिपकुमार चापागाईले संस्थाको मेरुदण्ड भनेकै सदस्य भएकोले सदस्यका माग अनुसार सञ्चालकले नीति तथा कार्यक्रम ल्याए मात्र संस्था दर्विलो हुने सुझाव दिए ।
Comments