Sajhamanch Archive

दीपिका कक्कडलाई बिग बोस–१२ को उपाधि

Published: in टिप्स/जानकारी, by .

भारतीय रियालिटी शो बिग बोस १२ को उपाधि टेलिभिजन अभिनेत्री दीपिका कक्कडले जितेकी छन्।

आइतबार भएको फाइनलमा कक्कडले क्रिकेटर श्रीसान्त , रोमिल चौधरी, दीपक ठाकुर र करणवीरलाई पराजित गर्दै उपाधि चुमेकी हुन्। भोटको आधारमा दीपिकाले बिग बोस १२ को उपाधि जितेको बलिउड अभिनेता सलमान खानले घोषणा गरे।

उनले केही समयअघि प्रेमी सोहेब इब्राहिमसँग विवाह गरेकी थिइन्। दीपिकाको यो दोस्रो विवाह हो। उनले यसअघि रौनक सामसोङसँग सन् २०११ मा डिभोर्स गरेकी थिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *