Sajhamanch Archive

शिवसताक्षीको झिलझिलेमा सुविधा सम्पन्न वाटर किङ्गडम पार्क बन्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको शिवसताक्षीमा वाटर पार्क निर्माण हुने भएको छ । सताक्षीधाम, दोमुखा र चिल्लागढधामले शिवसवताक्षीको पहिचान बनेको नगरपालिकामा अर्को वाटरपार्क निर्माणले थप पर्यटनका क्षेत्रको टेवा पुग्ने देखिएको छ ।

शिवसताक्षीको झिलझिलेमा ११ करोडको लागत वाटर किङ्ग्डम पार्कको सोमबार शिल्यान्स भएको हो । प्रतिनिधि सभा सांसद एलपी साँवा लिम्बुले वाटरपार्कको शिल्यान्सस गरेका हुन् ।शिल्यान्सका क्रममा संसाद साँवाले शिवसताक्षीमा आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन यस वाटरपार्कले सहयोग गर्ने बताए । उनले शिवसताक्षीका विकास निम्ति ठूला योजनाका लागि सरकारबाट रकम विनियोजन हुने समेत जानकारी दिए ।

झिलझिले बजारदेखि करिब ५ सय मिटर दक्षिणमा स्थानीय राजकुमार संग्रौलाले सुविधा सम्पन्न वाटर पार्क निर्माण गर्न लागेका हुन् । उनको निजी स्वामित्तमा रहेको दुईविगाह जग्गाको क्षेत्र एकल लगानीमा पार्क निर्माण गर्न लागेको निर्माण कम्पनीका सञ्चालक संग्रौलाले बताए । उनले सुविधा सम्पन्न चिल्ड्रेन पार्क, वाटर पार्क, पार्टी प्यालेस, सवै उमेर समुहका लागि स्वीमिङ्ग पुल, लज लगायतका संरचना निर्माण हुने बताए ।

भारतीय कम्पनीलाई ठेक्का दिईएको छ भने अन्य संरचनाका लागि वि.के. कस्ट्रक्सनलाई ठेक्का दिईएको छ । पार्कमा पानीकै मात्र ८ वटा आईटम हुने छन् । स्वीमिङ्ग पुल, वेभ पुल, स्लाईड का ५ आईटम र सावर डान्स पनि पार्क भित्र रहने बताइएको छ ।

वाटर पार्क भित्र दुईवटा भिन्ना भिन्नै आवास सहितको होटल संचालन हुने छन । पार्क संचालक संग्रौलाका अनुसार साकाहारी र मंसाहारी भोजनालय छुट्टा छुट्टै संचालन हुने हुने छ । निर्माण कम्पनीले ७ देखि ८ महिनामा काम वाटर पार्कको काम सम्पन्न गर्ने बताएको छ । सिल्यान्स कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष केयरसिंह बस्नेत र वडा नं. ११ वडाध्यक्ष भैरकबकुमार श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *