बुद्धशान्तिमा नवजात शिशुको शव फेला
Published:
by .
बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिका–४ आइतवारेमा नवजात शिशुको शव फेला परेको छ । स्थानीय शंकर रेग्मीको जग्गामा एउटा खुट्टा देखिने गरी शिशुको शव गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख कृष्णप्रसाद हुमागाईंले बताएका छन् ।
मंगलवार विहान स्थानीय उत्तरवहादुर बुढाथोकी घाँस काट्न जाँदा शिशुको विभत्स अवस्थाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख कृष्णप्रसाद हुमागाँईका अनुसार शिशु जन्मिने वितिकै सालले घाँटी थिचेर मार्ने प्रयास गरिएपनि शिशु नमरेपछि पुन सुपारीको पातको डोरी बनाई सो डोरीले शिशुको घाँटी थिचेर मारिएकोे प्रारम्भिक अनुसन्धानले देखिएको बताएका छन् ।
सो शिशु कस्ले जन्माएको र किन मारेको भन्ने विषयमा आफूहरुले गम्भिर अनुसन्धान गरिरहेको हुमागार्ईले बताएका छन् । शिशुको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको र त्यहाँ पोष्ट मार्टम हुन नसके धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने हुमागार्ईले जनाएका छन् ।
Comments