Sajhamanch Archive

बालबालिकाको चेहरामा खुशी देखें म पनि खुशी हुन्छुः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामाखुशी देख्दा आफू पनि खुशीहुने बताउनु भएको छ ।

नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । “बालबालिकाको चेहरामा खुशी देंखे भने म पनि खुशी हुन्छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ पिढींको चेहरामा मुस्कानहुनुपर्दछ । मानिसहरु भोकबाट मुक्त हुनु पर्दछ । कठ्यांग्रिएर मर्ने अवस्था आउनु हँुदैन । समाज समता मुलक हुनु पर्दछ । त्यस्तो अवस्थामा सबै नेपाली सँगै म पनि खुशी हुन्छु । ”

बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी वित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाउनु भएको थियो । “एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा, गाई बाख्राको हेरचाह आदि” प्रधानमन्त्री ओलीले भन्नुभयो “दुवै होमवर्क म कुशलता पूर्वक गर्थें ।”

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे “सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?” प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “समयमा पाठ्यपुस्तक नपुग्ने अब हुँदैन । आगामी बर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुँदैनन् ।”प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनै पर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने बताउनु भएको छ । “विद्यालयहरुले अंग्रजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषा चाँही नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाँही होइन, आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनु पर्दछ ।”

बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मलापन्तको बलात्कार र हत्याको बिषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्य तथ्य पत्ता लगाउन सरकार गम्भिर रहेको बताउनु भएको छ । “निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ । उनीहरु पत्ता लाग्छन् । सुरुवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्च स्तरीय छानविन समिती गठन गरेर अनसुन्धा नभइ रहेको छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटक पटक निर्देशन पनि दिएको छु ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *