Sajhamanch Archive

नासालाई अर्को सफलताः ‘न्यू हराइजन्स’ले खिच्यो दुर्लभ तस्विर

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्जी नासाको अभियान ‘न्यू हराइजन्स’ले सौर्यमण्डलको बाहिरी भागमा रहेको पिण्डको तस्विर खिच्न सफल भएको छ ।

सौर्यमण्डलको बाहिरी हिस्सामा रहेका पिण्डको अध्ययन गर्न पठाइएको अन्तरिक्ष यान न्यू हराइजन्सले अल्टिमा टूली नामको पिण्डको नजिकबाट गुज्रने क्रममा पृथ्वीमा सम्पर्क गर्न सफल भएको छ ।

पृथ्वीदेखि सम्पर्क हुने क्रममा यो अन्तरिक्ष यान ६ अर्व ५० किलोमिटरको दुरीमा रहेको थियो । यो अभियान पृथ्वीदेखि सबैभन्दा टाढा पुगेको एक सफल अभियान बन्न पुगेको छ । न्यू होराइजन्स नामको रावोटिक उपग्रहले अल्टिमा टूलीको नजिकै भएर गुज्रिँदा यो पिण्डको थुप्रै तस्वीर लिएको हो ।

साथै महत्वपूर्ण जानकारी संग्रह गर्न सफल पनि भएको छ । यो अन्तरिक्ष यानले आगामी केही महिनासम्म महत्वपूर्ण तस्वीर र जानकारी पृथ्वीमा पठाइ रहने छ । अन्तरिक्ष यानले पठाएको सिग्नल प्राप्त हुनासाथ मैरील्यान्डस्थित जोन हप्किन्स विश्वविद्यालयको एप्लाइड फिजिक्स विश्वविद्यालयको प्रयोगशालामा बैज्ञानिकहरुले ताली बजाएर खुसी मनाएका थिए ।

अल्टिमा सौर्यमण्डलको त्यो हिस्सामा स्थित छ जसलाई काइपर बेल्ट भनिन्छ । जुन अत्यन्तै चिसो जमेका पिण्डले बनेको छ । काइपर बेल्टमा अल्टिमा जस्ता हजारौं पिण्ड रहेको अनुमान गरिएको छ । यो मिसनले सौर्यमण्डलको निर्माण हुने क्रममा तिनीहरुको स्थिती कस्तो थियो होला भन्ने जान्न सकिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *