Sajhamanch Archive

शिवसताक्षीमा निःशुल्क आँखा शिविर, ३१६ जनाको आँखा परिक्षण

Published: (Updated: ) in स्वास्थ्य by .

शिवगञ्ज । झापाको शिवगञ्जमा ३१६ जना नगरबासीले आँखा परिक्षण गराएका छन् । नेपाल रेडक्रस उपशाखा शिवसताक्षीको आयोजनामा गरिएको एक दिने आँखा शिविरमा स्थानीयले आँखा परिक्षण गराएका हुन् ।

शिविरमा ३१६ जना मध्ये २० जनामा मोतिया विन्दुको संक्रमण देखिएकाले सल्य क्रियाका लागि मेची आँखा अस्पताल पठाइएको रेडक्रस उपशाखाका शिवसताक्षीका सभापति नारायण दाहालले बताए ।

शिविरमा मेची आँखा अस्पतालको प्राविधिकले सहजीकरण गरेका थिए । शिवसताक्षी नगरपालिकाका वडा न ४, ५ , ६ र ७ का १५ वर्ष देखि ९१ वर्ष उमेर समुहका स्थानीयबासीले आँखा परिक्षण गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *