Sajhamanch Archive

इटलीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

रोम । इटलीका लागि उत्तर कोरियाली राजदूत बेपत्ता भएका छन् । दक्षिण कोरियाली गुप्तचर निकायका अधिकारीले इटलीमा कार्यरत उत्तर कोरियाली राजदूत जो सोङ–गिल बेपत्ता भएको जानकारी दिएका हुन् ।

उनी पश्चिमा कुनै देशको शरणमा गएको हुनसक्ने बताइएको छ । बेपत्ता भएका राजदूत उत्तर कोरियाली उच्च ओहोदाका अधिकारीका छोरासमेत भएको बताइएको छ ।

गुप्तचर निकायले राजदूत बेपत्ता भएको सार्वजनिक गरेपछि दक्षिण कोरियाली सांसद किम मिन–कीले जनाएअनुसार जो सोङ–गिल करिब एक महिना अघि नै रोमस्थित दूतावासबाट बेपत्ता भएका हुन् । उनको कार्यकाल नोभेम्बर महिनामा समाप्त हुने भए पनि त्यसअघि नै उनी बेपत्ता भएको बताइएको छ । दक्षिण कोरियाली गुप्तचर निकायले बेपत्ता राजदूतले अहिलेसम्म कसैको सम्पर्कमासमेत नरहेको जनाएको छ ।

यसैबीच इटलीको विदेश मन्त्रालयले उत्तर कोरियाका उच्च कूटनीतिज्ञले शरण मागेकोबारे कुनै जानकारी नरहेको जनाएको छ । इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सोङ–गिलले उनको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ बाहिर आएको समय इटालीको उक्त भनाइ आएको हो । उनी कहाँ छन् भन्ने बारेमा मन्त्रालयलाई जानकारी नभएको बताइएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *