Sajhamanch Archive

नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द

Published: in राष्ट्रिय समाचार by .

सोलुखुम्बु –नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ ।

सोलुखुम्बुकोे फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको हो । कात्तिक ९ गते देखि समय तालिका निकालेर उडान गर्ने निर्णय गरेको नेपाल वायुसेव निगमले यात्रु अभावमा तालिका रद्द गरेको नेपाल एयरलाइन्स फाप्लुका इञ्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । विराटनगरलाई सिधा हवाई सेवासँग जोड्ने उद्धेश्यले उडान तालिका राखिएको भए पनि यात्रु अभावमा सेवा सञ्चालन गर्न नसकिएको बताइएको छ ।

सोलुखुम्बुका नागरिक भने सल्लेरी–विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्ग हुँदै जाने गरेका छन् । सडक मार्ग भरपर्दो हुने भएकाले पनि हवाई सेवाप्रति मानिसहरुको चासो नदेखिएको हो । सोलुखुम्बुबाट स्थल मार्गबाट एकदिनमै विराटनगर पुग्न सकिन्छ ।
उज्यालो बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *