Sajhamanch Archive

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Published: in समाज by .

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ लायन्सचोकमा शुक्रबार राति बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ४४ वर्षीय रवीन्द्र रिजाल रहेका छन्। वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ५०६० नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको बा ४० प ९२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका रिजालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *