Sajhamanch Archive

झापाको सैनिक बजारमा सैनिक महात्सव लगाइने

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड  । ओझेलमा परेको झापाको पुरानो सैनिक बजारको इतिहासलाई उजागर गर्ने उद्देश्यले सैनिक महोत्सव लगाइने भएको छ । बिर्तामोड नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा आगामी फागुनको पहिलो साता लगाइने शनिबार बसेको सर्बदलीय छलफलले निर्णय गरेको हो ।

छलफलले महोत्सवको तयारी गर्न २१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । वडाध्यक्ष दुर्योधन गुरुङको संयोजकत्वमा गठित  आयोजक समितिको सदस्य सचिवमा बासुदेब भट्टराई,सदस्यहरुमा गीता घिमिरे, अर्जुन सिटौला, भक्तसिंह राजवंशी, दिपिका शिवा, वडा भित्रका सबै विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यस्थापन समितिका अध्यक्षहरु, सबै राजनीतिक दलका एक÷एक जना प्रतिनिधि, कृष्णकुमारी प्रसाई, मनु मुखिया लगायत रहेका छन् । वडा कार्यालयको छेवैमा महोत्सव गरिने भएको हो ।

बन्न लागेको ज्येष्ठ नागरिकहरुको भवनको सहयोगार्थ सो महोत्सव गरिने वडाध्यक्ष गुरुङले बताए । करिब ३३ लाख रुपैयाँ इष्टिमेट गरिएको सो भवनका लागि नगरपालिकाले १० लाख र वडा कार्यालयले ५ लाख मात्र छुट्याएको छ । महोत्सवमा वडा भित्रका सम्पूर्ण जातजातिको संस्कृतिलाई समेटिने वडाध्यक्ष गुरुङले जानकारी दिए । बिर्तामोडको १० नं वडामा  लेप्चा, दराई लगायत गरी १७  किसिमका  आदिवासी जनजातिहरुको बसोबास रहेको छ । २०१८ सालमा तात्कालीन राजा स्वर्गीय महेन्द्रलाई इलाममा सवारी हुँदा भूपु सैनिकहरुले बिन्ती  चढाउँदा उनले जंगलै—जंगल भएको सैनिक बजारमा पुनर्बास गराउन अनुमति दिएका थिए । छलफलमा सहभागी नेकपाका जिल्ला सदस्य कृष्ण बिमली,नेपाली कांगे्रसका क्षेत्रीय सभापति नवीन बिमली,समाजसेवी ध्रुबकुमार शिवाकोटी,महेन्द्रज्योति माबिका प्रधानाध्यापक प्रेम लिम्बू, सैनिक सेवा समाजकी मनु मुखिया लगायतले सल्लाह सुझाव दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *