Sajhamanch Archive

शिवसताक्षीको वडा नं. २ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा

Published: in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी नगरपालिकाको वडा नं. २ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले आइतबार सो पुलको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा नगर प्रमुख शेर्माले वर्षौदेखि खोलामा पुल नहुँदा आवत जावतमा कठिनाई भएको स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत मिलेको बताए । उनले भने, नगर विकासमा पुल, बाटो, विजुली, खानेपानी जस्ता मानिसका अति आवश्यक वस्तुहरुको व्यवस्थापन गर्दै लैजाने जानकारी दिए। पूर्वाधार विकासमा पनि स्थानीय उपभोक्ताले ठूलो भूमिका खेल्ने उनको भनाई थियो ।

३२ फुट लम्बाई २४ फुट चौडाइ रहेको पुल ४५ को लाख लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पुल उद्घाटनमा वडा नं. ७ वडाध्यक्ष नविन इजम लगायत विभिन्न संस्थाका प्रतिनिधी र स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *