Sajhamanch Archive

लोकप्रिय बन्दै सुत्केरी पोषण कार्यक्रम, १ सय ७ जना सुत्केरी महिलाले पाए पोसिलो खानेकुरा

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

कनकाई । कनकाई नगरपालिकाले गत बर्षदेखि सुरु गरेको उपमेयर सुत्केरी पोषण कार्यक्रमबाट हालसम्म १ सय ७ जना सुत्केरी महिलाले पोसिलो खानेकुरा पाएका छन ।

जसअन्र्तगत गर्भवती महिलाले आफ्नो नियमित ४ पटक गर्भजाच र तोकिएको स्थानमा सुरक्षित सुत्केरी गराएमा उपमेयर सहितको टोलीले सुत्केरीको घरमै गएर हरेक सुत्केरीलाई २ किलो घिउ , झुल र क्यासियाम चक्की दिदै आएका छन । नगरबासी कोही सुत्केरी भएको जानकारी आएपछि कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई सहितको कार्यपालिकाको महिला टिम सुत्केरी महिलाको घरघरमै पुगेर यी सामाग्री वितरण गर्दै आएका छन् ।

उपमेयर  सुत्केरी पोषण कार्यक्रमका लागि अघिल्लो बर्ष २ लाख रुपैँया बजेट बिनियोजित गरिएकोमा यसबर्ष थप १ लाख थपेर ३ लाख रुपैँयाको बजेट विनियोजन गरिएको उपमेयर प्रसाईले बताइन् ।  प्रतिनिधिले सुत्केरीको घरघरमा गएर सामाग्री सम्बन्धित महिलाकै हातमा दिँदा जनताको घरायसी अवस्था र नवजात बच्चा र आमाको स्वास्थ्यका वारेमा बुझ्ने मौका मिलेको नगर कार्यपालिका सदस्य सुनिता खरेल सिग्देलले बताइन् । यसबाट मातृमृत्युदर र बाल मृत्युदर घटेको समेत खरेलले जानकारी दिइन् । सिग्देलको संयोजकत्व तथा उपमेयर प्रसाईको प्रमुख संरक्षकत्वमा रहेको यस उपमेयर सुत्केरी पोषण कार्यक्रममा अन्य नगर कार्यपालिका सदस्यहरु साबित्रा बर्देवा, सीता अधिकारी, कृष्ण माया भुजेल र देबेन्द्र दर्जी सदस्य रहनुभएको छ उहाहरुले हरेक महिलामा एकपटक आफ्नो नगरपालिकाको ९ वटै वडामा भएका सुत्केरी महिलालाई पोसिलो खानेकुरा र औषधी वितरण गर्दै आएका छन् ।

यता हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पनि आफ्नो गाउँपालिकामा सुत्केरी भएको थाहापाएपछि लोकल भाले र पोसिलो खानेकुरा र बच्चालाई न्यानो कपडा लिएर अस्पतालमै पुग्ने गरेका छन् । गाउँपालिका अध्यक्ष लिङ्देनको यस कार्यको यस साताभर अस्पतालमै सुत्केरी महिलाकोमा भाले लगेर दिएको फोटो सामाजिक संजालमा भाइरल बनेको थियो । यसो त यस गाउँपालिकाले आफ्नो गाउँपालिकामा कोही पनि  बिद्यार्थीले पिएचडी गर्ने भए प्रतिविद्यार्थी सोधपत्र तयार गर्नका लागि एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरिसकेको छ ।
यता  झापा गाउँपालिकाले एकल महिला झै एकल पुरुषलाई समेत मासिक भक्ता उपलब्ध गराउन थालेको छ ।

श्रीमती वियोगमा रहेका र ६० बर्ष उमेर कटेका गाउँका एकल पुरुषलाई मासिक ५ सयका दरले जिवन निर्वाह भत्ता दिन थालिएको गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले बताए । यस अघि सरकारले एकल महिलालाई मात्रै यो सुविधा दिदै आएपनि एकल पुरुषका समेत आफ्नै समस्या हुने भएकाले गाउापालिकाले समेत यसको सुरुवात गरेको शाहले जानकारी दिए। गाउँपालिकाले अघिल्लो आर्थिक बर्षमा ४८ जना एकल पुरुषलाई मासिक ५ सयका दरले गाउँपालिकाले भक्ता दिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चोलेन्द्र दंगालले बताऐ । गाउँपालिकाले आफ्नो क्षेत्रमा बसोबास गर्ने ८४ बर्षमाथिका १ सय १८ जना बृद्धबृद्धालाई समेत सरकारले दिदै आएको मासिक भक्तामा थप ५ सय थपेर दिदै आएको दंगालले जानकारी दिए । यसरी एकल पुरुषलाई मासिक भक्ता दिने पालिकामा झापा गाउँपालिका प्रदेशमै पहिलो भएको समेत झापा गाउँपालिकाले दावी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *