Sajhamanch Archive

महेन्द्र मोरङमा फेरि विद्यार्थी संगठनले लगाए ताला

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फेरि तालाबन्दी भएको छ । विभिन्न माग राख्दै ६ विद्यार्थी संगठनहरुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

क्याम्पसको लापरवाही र शैक्षिक वातावरण सुधार्नु पर्नेसहित अन्य विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउँदै यसअघि पुस २ गते तालाबन्दी गरिएको थियो । तर, राष्ट्रपतिको आवगमनलाइ मध्यनजर गर्दै खोलिएको तालाबन्दीको २ दिने म्याद सकिएकाले फेरि तालाबन्दी गरेको सो क्याम्पसका नेपाल विद्यार्थी संघका सभापती जसवन्त पौडेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *