Sajhamanch Archive

तेलको ग्यालेनमा दुई लिटर लागू औषधसहित समातिइन् एक महिला !

Published: in राष्ट्रिय समाचार by .

विराटनगर । भारतबाट लागूऔषध ल्याउन अनौंठो विधी प्रयोग गरेको भेटिएको छ । मोरङ प्रहरीले लागूऔषध नेपाल ल्याउने अनौंठो विधी प्रयोग गरेको भेटेको हो ।

सीमावर्ती भारतीय बजार जोगबनीबाट रिक्सामा चढेर आउँदै गरेकी एक महिलालाई चेकजाँच गर्दा प्रहरीले तेलको रातो ग्यालेनभित्र दुई लिटर कोरेक्स भेटेको हो । जोगबनीबाट रिक्सामा महेन्द्रचोक आएकी धनपालथान गाउपालिका– ६ की ३५ वर्षीया मीना रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रामले बोकेको झोलाबाट प्रहरीले दुई लिटर कोरेक्स हालिएको ग्यालेनसहित डाइजेल्याव ५०, नुरफिन ५०, फेनारगन ५० एम्पुल पनि बरामत गरेको छ । लागूऔषध आयात गर्दै गरेको सूचनाका आधारमा महिलालाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विराटनगर– ९ डेरा गरी बस्दै आएकी महिलाले कँहा र्पुयाउँन खोजेको हो भन्ने अझै पत्ता लागेको छैन् । ‘हामी अनुसन्धान गरीरहेका छौ ।’ श्रेष्ठले भने ‘कहाँ र्पुयाउन खोजेको भन्ने खुलेको छैन् ।’

राम केही वर्ष अघिसम्म भारतबाट नेपालतर्फ कपडा तस्करी गर्ने व्यक्तीको रुपमा चिनिन्थिन् । तर, कपडा तस्करीमा केही समय गुमनाम बसेकी मीना पछिल्लोसमय लागूऔषध तस्करीमा लागेको भेटिएको हो ।

भारतको जोगबनीबाट लागूऔषध नेपाल भित्राएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जोगवनीबाट छोटु नामले परिचित लागूऔषध कारोवारीबाट लिएर आउँदै गर्दा उनको साथबाट प्रहरीले लागूऔषध बरामत गरेको थियो ।

मीनाविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्धा चलाउन आइतबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ । मीनाले लागूऔषधकै कारोवार संचालन गर्न पतिसंग सम्बन्ध विच्छेद गरेर विराटनगरमा डेरा लिएर बसेको खुलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *