Sajhamanch Archive

विराटनगरको आँप बगैंचामा शंकास्पद अवस्थामा शव भेटियो !

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । विराटनगर–११ स्थित आँप बगैंचामा एक ब्यक्तिको शव शंकास्पद अवस्थामा भेटिएको छ । विराटनगर ११ को पाञ्चालीस्थित अस्थाई बसपार्कको दक्षिणतर्फ रहेको बगैंचाभित्रको आँपको रुखमा सो व्यक्तिको शव झुण्डिएको अवस्थामा भेटिएको छ ।

नाइलनको डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको सो शव विराटनगरकै बखरीका हरिलाल रामको रहेको मृतकका आफन्तले जानकारी दिएका छन् । मृतक रामको शवको पिठ्युमा रगतको धारा बगेको देखिएको छ ।

घटनास्थलको प्रकृति हेर्दा उनलाई हत्या गरेर झुण्डाइएको हुनसक्ने मृतकका आफन्त हाहीदेवी रामले बताइन् । मृतक रामले बखरी प्रहरीचौकी पछाडि रहेको आफ्नो ६ धुर जग्गामा पक्की घर निर्माण गर्दै आएको र निर्माणस्थलमा राखिएको सामान चोर्न आउने अज्ञात ब्यक्तिहरुको समूहले हत्या गरेको हुनसक्ने उनले आशंका ब्यक्त गरिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *