Sajhamanch Archive

भद्रपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: (Updated: ) in विविधा by .

भद्रपुर । भद्रपुर १० नम्बर वडा कार्यालयले वडाक्षेत्रमा रहेका सामुदायिक विद्यालयका छात्रछात्रालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा वडाभित्र रहेका तीन वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानोकपडा सहित स्टेशनरी सनमग्री वितरण गरिएको हो । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कृष्ण प्रा. वि. कलवलगुरी प्रा. वि. र भगवती प्रा.वि.का विद्यार्थीलाई स्वीटर, विद्यालय डायरी लगायत प्रदान गरिएको थियो ।

वडा कार्यालयको सभा हलमा सम्पन्न कार्यक्रममा नेकपाका नेता अशारु राजवंशी, वडा नम्बर ७ का अध्यक्ष विनोदप्रसाद पोखरेल, नगारका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *