Sajhamanch Archive

‘सेक्स लिस्ट’ जारी गर्दा पत्रिकाले माग्नुपर्यो माफी

Published: in राष्ट्रिय समाचार, by .

जापानको एक पत्रिकाले एउटा सूची जारी गर्दा माफी माग्नुपरेको छ ।

उक्त पत्रिका विशेषगरी पुरुषका लागि हो जसमा विश्वविद्यालयको मूल्यांकन गरिएको छ । उक्त पत्रिकाले वास्तविक नाम नै तोकेर  केही विश्वविद्यालयमा पढ्ने युवतीलाई रक्सी पिलाएर यौन सम्बन्धका लागि निकै सजिलै तयार पार्न सकिने भन्दै सूची तयार गरेको छ ।

यो सूची साप्ताहिक पत्रिका स्पामा जारी गरिएको थियो । तत्पश्चात्, यसको निकै आलोचना भएको छ ।

एक महिलाले त यसको विरुद्धमा एउटा अभियान नै सुरु गरिन् । उनले यस्तो सूची प्रकाशित गरेकोमा पत्रिकाले माफी माग्नुपर्ने र उक्त लेख हटाउनुपर्ने माग गरेकी थिइन् ।

उक्त लेखमा ग्यारानोमी नामको पार्टीबारे पनि जानकारी दिइएको थियो जो एक ड्रिंकिंग पार्टी हो । यो पार्टीमा संलग्न हुनका लागि पुरुषले महिलालाई पैसा दिन्छन् ।

पत्रिकाले माफी माग्योः

२५ डिसेम्बरको अंकमा भनिएको छ, ‘यो पार्टी कलेज छात्राबीच निकै लोकप्रिय छ । ’ साथै उक्त लेखमा एकजना सफ्टवेयर डेभलपरको अन्तर्वार्ता पनि छापिएको छ । उनले एउटा यस्तो एप बनाएका छन् जसमार्फत पुरुष र महिलालाई पार्टीमा बोलाउनका लागि सही व्यक्ति छनोट गर्न मद्दत मिल्छ ।

तर विवाद अत्यधिक बढेपछि पत्रिकाले माफी मागेको छ । उक्त पत्रिकाले एक बयानमा जारी गर्दै भनेको छ, ‘महिलासँग कसरी यौन सम्बन्ध बनाउने भन्ने लेखमा हामी पाठकसँग माफी माग्न चाहन्छौं । यो लेखमा पाठकलाई लोभ्याउनका लागि आपत्तिजनाक भाषाको प्रयोग गरिएकोमा हामी खेद व्यक्त गर्छौं । साथै विश्वविद्यालयको वास्तविक नामसहित उनीहरुको मूल्यांकन गरियो जसका कारण लेखका लागि पाठकबीच असन्तुष्टि हुनसक्छ ।’

यसबाहे पत्रिकाको तर्फबाट जारी बयानमा भनियो, ‘सेक्ससँग जोडिएका मुद्दाबारे हामी विभिन्न बिचार सुन्नेछौं र एक पत्रिकाको रुपमा जति गर्न सक्छौं त्यही गर्नेछौं ।’

रिपोर्टमा लेखिएको छ – लेखमा पाँच कलेजलाई समावेश गरिएको छ जहाँ छात्राहरु रक्सी पिउने पार्टीमा निकै सजिलै उपलब्ध थिए । उक्त लेखमा महिलालाई उनको कपडाको आधारमा सेक्सका लागि कसरी मनाउन सकिन्छ भनेर पनि लेखिएको थियो ।

अजबलनभ।यचन मा कजुना यामामोतोले एक याचिका सुरु गरिन् जहाँ मंगलबार उनले ३३ हजारभन्दा बढीको समर्थन पाइन् ।

उनले आफ्नो याचिकामा लेखिन्, ‘यो वर्ष सन् २०१९ मा जापानमा पहिलो जी२० शिखर सम्मेलन हुनेछ । जहाँ यस्तो प्रकारको लेख छाप्नु हास्यास्पद छ र यो कुनै ठट्टा होइन ।’

‘म यस्तो प्रकारको यौनसम्बन्धसँग जोडिएका, आपत्तिजनक र सार्वजनिक लेखविरुद्ध लड्न चाहन्छु ताकि महिलाको अपमान बन्द होस् । हामी चाहन्छौं कि शुकन स्पाले यो लेख हटाओस् र माफी मागोस् । उसले महिलाका लागि आपत्तिजनक शब्दको प्रयोग पनि नगर्ने कुरामा बचन देओस् ।’

जापानमा वैश्विक लैङिगक समानताको र्याङ्किङ कम छ र  ३ःभत्यय  जस्ता आन्दोलनको सुरुवात गर्ने मामलामा पनि जापान पछाडि नै छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *