आगलागीमा तीन बालबालिकाको मृत्यु
Published:
by .
बाग्लुङ । ताराखोला गाउँपालिका–४ मा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।
आगलागीमा मृत्यु हुनेमा रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीया छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुश रोका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा बालबालिका जलेको बताइएको छ। दिउँसो ४ बजेदेखि लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोलीले बेलुका साढे ७ बजे मात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Comments