Sajhamanch Archive

सन्दीपको खेल आज, कति विकेट लेलान्?

Published: in खेलकुद by .

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले बंगलादेशमा जारी प्रिमियर लिगमा दोस्रो खेल खेल्दैछन्। अष्ट्रेलियामा जारी बिग बासमा चार खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दीपले बुधबार आफ्नो टिम सिलेट सिक्सर्सको तर्फबाट खेल्न लागेका हुन्।

२ बजे हुने टिम सिलेटले चटगाउँ भिकिंग्सविरुद्ध खेल्नेछ। मुस्फिकुर रहिमको कप्तानीमा रहेको सो टिममा माहेम्मद सहजाद, रोन्ची, सिकन्दर राजा सब्बिर रहमान छन्। पहिलो खेलमा साहिद अफ्रिदीको कप्तानीमा रहेको कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको सिलेटलाई आजको खेल जित्नैपर्ने छ। पहिलो खेलमा राम्रो गरेका कारण पनि सन्दीप बुधबारको टिममा पर्न सक्नेछन्। अघिल्लो खेलमा सन्दीपले चार ओभरमा १६ रन दिएर २ विकेट लिन सफल भएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *