Sajhamanch Archive

डा. केसीको विरुद्ध इलाममा सामाजिक अभियान्ता थापाले आजैबाट अनसन सुरु गर्ने

Published: in राष्ट्रिय समाचार by .

डा.गोविन्द केसीको विरुद्धमा अनसन बस्न सामाजिक अभियन्ता विजय थापा इलाम पुगेका छन् । उनले अनसन आजैबाट बस्ने जानकारी दिएका छन् ।

डा। केसीले पटक पटक अनसनका नाममा देशका बिरुद्ध राष्ट्रघाती काम गरिरहेको भन्दै यस पटक उनी बिरुद्धको लडाईलाई वार की पार गर्ने थापाले चेतावनी दिएका छन् ।

थापाले यस अघि पनि डा। केसीका माग र अनसन देश र गरिब बिपन्न जनताहरुको प्रतिकुल रहेको भन्दै यस अघि ५३ दिन अनसन बसिसकेका छन् ।

विभिन्न छ बुँदे मागसहित उनी अनसन बस्न लागेका हुन् ।

यस्ता छन् थापाका माग

थापाले नेपालमा एमडी र पिजी क्लासको कोटा तत्काल कम्तिमा १५ सय पुर्याउनुपर्ने,

तत्काल काठमाडौं उपत्यकाबाहिर देशभरि नै मेडिकल कलेज खोल्ने तथा खोलाउने वातावरण बनाउनुपर्ने,

बंगलादेशबाट डाक्टर पढेर घर फर्किने क्रममा त्रिभूवन विमानस्थलमा दुर्घट्नामा मृत्यु भएका १८ जना डाक्टरहरुको परिवारलाई क्षतिपुर्ति प्रदान गर्नुपर्ने,

सरकारी तलब,भत्ता र सेवारसुविधा लिएर राजनीति गर्नेलाई सरकारी सेवाबाट बर्खास्त गरि कडा कारबाही गर्नुपर्नेलगायतका मागहरु अघि सारेका छन् ।-हिमालय पोष्टबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *